६ बैशाख २०८१, बिहिबार

कोरोनामा लक्ष्यभन्दा बढी राजश्व


राजश्व

चितवन, ६ भदौ । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको शुरुआती समयमा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार साउन महिनामा विभागले तोके भन्दा बढी राजश्व सङ्कलन भएको हो ।

कोरोना कहरको समयमा समेत कार्यालयलाई लक्ष्य रु १ अर्ब ४६ करोड २२ लाख ३ हजार तोकीएकोमा शून्य दशमलब ९२ प्रतिशत बढी सङ्कलन गरेको हो । कार्यालयका प्रमुख शुब प्रसाद रिजालका अनुसार साउन महिनामा रु १ अर्ब ४७ करोड ५६ लाख ७५ हजार राजश्व उठेको छ ।

कार्यालयले साउन महिनामा सबैभन्दा बढी अन्तशुल्क शीर्षकबाट राजश्व असुली गरेको छ । सबै भन्दा कम स्वास्थ्य सेवा करबाट उठेको छ । अन्तःशुल्कबाट रु ९८ करोड २४ लाख ५० हजार र स्वास्थ्य सेवा करबाट रु ११ लाख २५ हजार राजश्व उठेको छ ।

कार्यालयले लक्ष्यभन्दा बढी आयकर र व्याजकर शीर्षकमा राजश्व असुल गर्न सफल भएको छ । व्याजकर मा रु २० करोड १७ लाख ९४ हजार राजश्व उठेको छ । यो महिनामा रु १३ करोड ३७ लाख ७३ हजार राजश्व असुली गर्ने लक्ष्य लिइएको थियो । आयकरमा कार्यालयले रु २ करोड ८० लाख २४ हजार राजश्व असुली गरेको छ । सो महिनामा यसमा रु ७६ लाख ५२ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो ।

यस्तै मुल्य अभिवृद्धि कर अन्तर्गत रु २५ करोड ८३ लाख ९५ हजार र बहाल कर रु ३८ लाख ८७ हजार असुली भएको छ । विभागले कार्यालयलाई यस वर्षको रु १८ अर्ब ९० करोड लक्ष्य तोकेको छ । । कार्यालयमा अहिले ५० हजार करदाता रहेको कार्यालयले जनाएको छ ।

यस कार्यालयले साउनदेखि चितवन मात्रै हेर्दै आएको छ । चालु आर्थिक वर्षबाट सुस्ता पूर्व नवलपरासी कार्यालय स्थापना भएपछि जिल्ला मात्रै हेर्न थालेको हो ।

डा. बगाले कोरोनामुक्त
रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल हुनु भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
भरतपुर अस्पतालबाट स्वाब दिनुभएका डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा.बगालेलाई १२ दिन अघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बस्नुभएको छ । कार्य क्षेत्रमै खटिएका बेलामा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उहाँसंगै परीक्षणका क्रममा श्रीमतिको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी दिनुभयो । आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !