११ बैशाख २०८१, मंगलबार

नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ


नेपाल तथा स्विट्जरल्याण्ड
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ । यस विषयमा गहन अध्ययन र अनुसन्धानको खाँचो छ । मैले भन्न खोजेको के हो भने यहाँ बहुमुल्य औषधि छन् तर उपयोग विहिन छन् । यस्ता औषधि प्रयोग गरेर हामीले देशलाई अग्रपंक्तिमा राख्न सक्छौं । हाम्रो देशमा यस्ता औषधि छन् जसको प्रयोग गरेर युवालाई लागु औषधको कुलतबाट बचाउन सकिनेछ ।

अहिले चीनमा श्वास-प्रश्वाससंग सम्वन्धित रोग कोरोना भाइरस माहामारीको रूपमा फैलिएको यस्तो अवस्थामा हाम्रो देशमा यत्रतत्र छरिएर रहेको असुरो र रूदिलो खान दिएर रोग निको बनाउन सकेमा औषधि बनाएर विदेश पठाउन सकिने देखिएको छ । यस्ता औषधि हाम्रो देशमा त्यसै खेर गइरहेको छ ।

आज रूदिलो र असुरोको औषधीय गुण धेरै भएको र परम्परादेखि चल्दै आएको बहुमुल्य औषधिको अनुसन्धान गरेर थुप्रै इन्जेक्सन र औषधि उत्पादन गरेर देश तथा विदेशमा समेत पठाउन सकिने औषधि त्यसै खेर गएको देखिएको छ ।

हामीमा सवै छ तर उद्धेश्य र इच्छाशक्ति कमजोर हुनाले केहि गर्ने विचार छैन । विदेशबाट ल्याएको औषधि उत्पादन गर्नुलाई उपलब्धि मान्नु त्यति उपयोग छैन । यस्ता औषधिले डलर बाहिर मात्र जाने देखिएको छ । हाम्रो उद्धेश्य आफ्नो स्वदेशी उत्पादनलाई टेवा दिने खालका औषधि उत्पादन गरेर देश तथा विदेशमासम्म पठाउन सकिने देखिएको छ ।

मल बीउ नराखी उत्पादन गर्न सकिने बहुमुल्य औषधि जसले देशकै मोहरा फेर्ने देखिएको छ त्यस्ता औषधि त्यसै खेर गएको हेर्दा दु:ख लागेर आउछ । गाजा, तुलसी, रूदिलो, असुरो जस्ता जडीबुटीहरुवाट बहुमुल्य औषधि बनाएर विदेश निर्यात गरी अरबौ कमाउन सकिन्छ तर यी त्यसै खेर गएको छ ।

मेरो बुबा वैद्य हुनुहुन्थ्यो । म सानो छदा गाई भैसीको पेट फुलेमा चिसो लागेमा गाजा मिचेर अन्नमा मिलाएर खान दिनु हुन्थ्यो दिनासाथ पशु ठिक हुन्थे त्यही बेलादेखि मैले सोच्ने गर्थे यस विषयमा मेरो कलम चल्नेछ भन्ने प्रतिज्ञा लिएको थिए । आज यो सपना साकार पार्ने काम नेपालपत्र र साइन्स इन्फोटेकले कलम चलाउन हौसला प्रदान गरेको छ ।

हामीमा कमजोर सोचको कारणले गर्दा अघि बढ्न सकिरहेका छैनौं । अनुभव र अनुसन्धान हामीले गरेर हुने हो । यहाँ दिएका अधिकांश औषधि प्रयोग गरेर अनुभव गरेका हुन्छन् तर हामीले यस्ता औषधि प्रयोग गर्न सकिरहेका हुदैनौं । यसलाई विडम्बना बाहेक अरू के हुन सक्छ । आखिर हामी किन पछि पर्दैछौं । कतिपय देशहरू आफ्नै पाखुरा र बुद्धि के गर्दा धेरै अघि बढि सकेका छन् ।

नेपालको सन्दर्भमा एउटा कुरा भन्न मन लाग्यो त्यो कमजोर मनोबल । हामीले गर्न खोजिएको काम अरूलाई सुनाउने बानी । हामी जे गर्न चाहन्छौं बिदेशीलाई सुनाउछौं । गोपनीयता भंग गर्छौं भने देशले कदापि उन्नति गर्न सक्ने छैन । जबसम्म जिम्मेबारी बोध हामीमा हुदैन तबसम्म चाहेर पनि हामी अघि बढ्न सक्ने छैनौं यो सबैले बुझ्न आवश्यक छ ।

यो पनि पढनुहोस्

नेपाल अब कृषिप्रधान देश रहेन

सच्चा देशभक्त राजनेताको पर्खाइमा नेपाल आमा

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !