६ बैशाख २०८१, बिहिबार

सात करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट


Nepalpatra

२८ मङ्सिर, परासी । पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याउनुभएको हो ।

जिल्लाकै सुविधासम्पन्न मानिएको सो रिसोर्टमा एक हजार व्यक्ति अट्ने एसीसहितको सुविधायुक्त हल निर्माण गरिएको छ । यसैगरी एसी बैङ्क्वेट हल, सम्मलेन हलसहित रिभर साइट ओपेन रेष्टुरेण्ट, गार्डेन साइड ओपेन रेष्टुरेण्ट, हिल साइड रेष्टुरेण्ट, ११ वटा एसी डिलक्स कक्ष, सांस्कृतिक घरलगायतका सुविधा रहेको रिसोर्टका प्रबन्धक नवीन्द्र बस्यालले जानकारी दिनुभयो ।

बाह्र कठ्ठा जग्गामा स्थापना गरिएको सो रिसोर्टमा स्विमिङपुल र चाइल्ड स्यालाडिङ पार्क केही दिनमै सञ्चालनमा आउने उहाँले बताउनुभयो । रिसोर्टको विहीबार प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । पछिल्लो समय भूमही क्षेत्रमा होटल तथा रेष्टुरेण्ट स्थापना हुने क्रम बढ्दो छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !