६ बैशाख २०८१, बिहिबार

शीतभण्डार निर्माण गरिँदै


Nepalpatra

२५ कात्तिक, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा रु ११ करोड ५० लाखको लागतमा शितभण्डार निर्माणको शुरुआत गरिएको छ । प्रदेश नं ३ सरकारको ‘एक जिल्ला एक शितभण्डार’ निर्माण अभियान अन्तर्गत यहाँ शितभण्डार निर्माण थालिएको हो ।

शितभण्डार निर्माण गर्न प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा थाहा नगरपालिका र स्थानीय सहकारी संस्थाको लगानीमा शितभण्डार निर्माण गर्न लागेको थाहा नगरपालिकाले जनाएको छ ।

पर्यटन विकास आयोजना स्थापना

प्रदेश नं ३ मा पर्यटन क्षेत्रको विकास, विस्तार एवं पर्यटकीय क्षेत्रको संरक्षणका लागि अस्थायी राजधानी हेटौँडामा पर्यटन विकास आयोजना स्थापना गरिएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत स्थापित सो आयोजनामा १५ कर्मचारीको दरबन्दी रहेपनि हाल चार कर्मचारी मात्र कार्यरत छन् ।

नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने उद्देश्यले सो आयोजनाका लागि सङ्घीय सरकारले अनुदान स्वरुप रु १० करोड तथा प्रदेश सरकारले रु ९१ करोड छुट्याएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालित सो आयोजनाले पुरातत्व विभाग, राष्ट्रिय निकुञ्ज, वन विभाग लगायतका सङ्घीय सरकारअन्तर्गतका निकायसँग सहकार्य गरी काम गर्ने बताइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !