८ बैशाख २०८१, शनिबार

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै


Kanchanpur

१९ कात्तिक, कञ्चनपुर । भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ ।

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले यसअघि प्रस्ताव गरिएको स्थानमा केन्द्र बनाउने गरी तयारी अघि बढाएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

केन्द्र निर्माणका लागि राजनीतिक दल, स्थानीय जनप्रतिनिधिसँग छलफल कार्यक्रम गरिएका छन । राजनीतिक दल एकमत भएर स्थानीय समुदायमा जाने भएका छन् ।

नगर प्रमुख विष्टले राजनीतिक दलको सर्वदलीय संयन्त्रले गरेको निर्णयका आधारमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि पहल गरिएकाले सबै दलको सहयोग पाउने आशा राखिएको बताउनुभयो ।

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत ३६ दशमवलव ५ किलोमिटर पक्की सडक, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र प्रदूषित पानी प्रशोधन गर्ने कार्यक्रम समावेश गरिएका छन । अहिले सडकको सर्भे कार्य भइरहेको छ भने केन्द्रका लागि छलफललाई निरन्तरता दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्रसिंह रावलले आयोजनाबाट स्थानीय समुदायलाई पाउने लाभमा सहमत गराएर जानुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका जिल्ला सचिव दिवाकर पाण्डेयले फोहरमैला व्यवस्थापन समान्य विषय नभएकाले स्थानीयसँग छलफल गरी जानुपर्ने र त्यसका लागि काङ्ग्रेसले साथ दिने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !