१३ बैशाख २०८१, बिहिबार

अर्मादी–बनौ सडकमा कालोपत्रे शुरु


kalopatre

१५ कात्तिक, पर्वत । कुश्मा नगरपालिका–२ अर्मादिस्थित मध्यहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे शुरु भएको छ ।

कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई जोड्ने गरी एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा कालोपत्रे हुन लागेको हो । झण्डै १२ किलोमिटर लामो सडकको आगामी दुई वर्षभित्र कालोपत्रे सम्पन्न हुने भएको छ । झण्डै रु ३० करोडको लागतमा निर्माण सम्पन्न हुने सडकको टुण्डी कन्ट्रक्सन प्रालि सानेपा ललितपुरले निर्माणको जिम्मा लिएको छ ।

जलजला गाउँपालिका–९ का अध्यक्ष गौबहादुर पुर्जाले नियमित अनुगमन र निगरानी गरेर सडक समयमै र गुणस्तरीय बनाउन पहल गर्ने बताउनुभयो ।

पर्वतका दोविल्ला–फलेवास, मुडिकुवा–लुङ्खु सडक पनि कालोपत्रे हुने चरणमा छन् । दोविल्ला–फलेवास र मुडिकुवा–लमाए सडकको अधिकांश भाग कालोपत्रे भइसकेको छ भने लमाए–लुङ्खु सडक पनि कालोपत्रेको चरणमा रहेको छ । आगामी दुई वर्षभित्रमा दुवै सडक कालोपत्रे सम्पन्न गर्ने गरी काम शुरु भइसकेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना पर्वतका कार्यालय प्रमुख जगदीश शर्माले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !