८ बैशाख २०८१, शनिबार

ललितपुर महानगरपालिकाको तीन स्थानमा इकोपार्क बन्ने


lalitpur 4

१५ कात्तिक, काठमाडौँ । ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय÷हरियाली ( इकोपार्क ) निर्माण गर्ने भएको छ ।

यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर नपु¥याई अहिले रहेका हरियालीलाई यथावत राखेर थप चिटिक्क र आकर्षण इकोपार्क बनाउने तयारी महानगपालिकाले गर्दैछ ।” महानगरप्रमुख चिरिबाबु महर्जनले भन्नुभयो ।

महानगरपालिका तथा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रद्वारा संयुक्त रूपमा इको सिटीसम्बन्धी बुधबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महानगपालिकाले नयाँ जमीन किनेर पार्क बनाउन कठिन हुने भएकाले अहिले हरियाली रहेकै जमीनलाई थप उपयोग गरी पार्कका रूपमा विकास गर्नेे नीति रहेको बताउनुभयो ।महानगरपालिकाभित्र हाल चार प्रतिशत पनि सार्वजानिक जमीन नरहेको चर्चा गर्दै महानगरप्रमुख महर्जनले भन्नुभयो, “जमीन जति व्यक्तिका नाममा गइसके । कहाँबाट जमीन ल्याएर इको सिटी बनाउँ म ? भएकालाई नै थप उपयोग गर्नुको अर्काे विकल्प छैन ।”

उहाँले अबको सडक संरचना साइकलमैत्री हुने र यसका लागि रु ५० लाख विनियोजनसमेत गरिएको जानकारी दिनुभयो । कार्यक्रमका सहभागी उपत्यकाभित्रका १८ वटै नगरपालिकाका प्रतिनिधिले पनि आ¬–आफ्नो नगरपालिकालाई हरियाली शहर (इको सिटी) बनाउने अठोट गर्नुभएको थियो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उपत्यकाको वातावरण संरक्षण र हरियाली शहर बनाउनका लागि अन्तरनगपालिका फोरम बसिसकेको उल्लेख गर्दै अब सहकार्यका माध्यमबाट काम हुने जानकारी दिनुभयो ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले काठमाडाँै उपत्यकाभित्र छ वटा विश्व सम्पदास्थल रहेको र उपत्यकाभित्र वातावरण संरक्षण गर्न नगरपालिकाबीच समन्वयात्मक काम हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मी र अध्यक्ष प्रा डा शरद वन्तले उपत्यकाभित्र वातावरण प्रदूषण बढ्दा नसर्ने रोग बढिरहेको चर्चा गर्दै अब शहरलाई हरियाली बनाउन आवश्यक छ भन्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !