१३ बैशाख २०८१, बिहिबार

महानगरले खरिद गरेका तीन वटा दमकल काठमाडौँ आइपुगे


तीन वटा दमकल काठमाडौँ आइपुगे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खरिद गरेका तीन दमकल काठमाडौँ आइपुगेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सामाजिक संजाल ट्वीटरमार्फत महानगरले खरिद गरेका तीन दमकल काठमाडौँ आइपुगेको जानकारी दिएका हुन् ।

अघिल्लो वर्ष नै तत्कालिन मेयर विद्यासुन्दर शाक्यको पालामै खरिद सम्झौता गरेको तीन वटा दमकल काठमाडौँ आइपुगेका हुन् । मेयर साहले पनि पूर्वमेयर शाक्यको कार्यकालमा शुरु भएको भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् ।

मेयर साहले सामाजिक संजाल फेसबुक लेख्दै दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको पनि बताएका छन् ।

इन्डोनेसिया कम्पनीमा निर्मित तीन वटा दमकल वीरगञ्ज हुँदै काठमाडौं आइपुगेका हुन् । अघिल्लो वर्ष २०७८ साउन ३ गते पूर्वमेयर शाक्यले महानगरको आफ्नै लगानीमा तीन वटा दमकल खरिद गर्न इन्डोनेशियन कम्पनीसँग सम्झौता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !