१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले आज बालुवाटारबाट १६५ वटा सडकको एकसाथ शुुभारम्भ गर्दै


प्रधानमन्त्री ओलीले बालुवाटारमा बालबालिकाहरुसँग गरेको अन्तर्क्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् । १६५ वटै संघीय निर्वाचन क्षेत्रमा १/१ वटा सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जानकारी दिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे डिजिटल रुपमा सडक शुभारम्भ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने छन् ।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचना अनुसार सडक निर्माण गरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !