७ बैशाख २०८१, शुक्रबार

पुल निर्माणमा बजेट अभावः निकासा तीन अर्ब


pool

२९ पुस, काठमाण्डौ । देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल बजेट अभावका कारण समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत तीन अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् ।

महाशाखाले ६२ अर्ब बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै कम भएका कारण निर्माणाधीन पुल तोकिएको समयमा सम्पन्न गर्न समस्या हुने भएको छ । ठेक्का पूरा भई निर्माण भइरहेका ९११ वटा पुलको लागत मात्रै रु ६२ अर्ब भन्दा बढी रहेका छन् । राजमार्गमा २७६ वटा पुल निर्माण भइरहेको छ । सो को लागत १५ अर्ब छ । महाशाखाका अनुसार कूल रु ७७ अर्ब बढीको पुल निर्माणमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !