११ बैशाख २०८१, मंगलबार

नेपालमा व्यावसायिक वातावरण अझै बनेनः अर्थ राज्यमन्त्री उदय शमशेर राणा


udaya-samsher

२९ पुस, वीरगन्ज । नेपालमा अझै व्यवसायिक वातावरण बन्न नसकेको अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४२ औं साधरणसभाको उद्घाटन गर्दै राज्यमन्त्री राणाले ‘डुईङ विजनेस’मा नेपालको स्थान कमजोर रहेको बताए ।

‘१ सय ९ वटा देशमा भएको डुईङ विजनेस अध्ययनमा नेपाल १०५ औं स्थानमा देखिएको छ । काम गर्ने वातावरण बन्न सकेको छैन ।’ राज्य मन्त्री राणाले भने ‘औद्योगिक वातावरण निर्माणका लागि थुप्रै कामहरु गर्नुपर्ने देखिएको छ, विशेषगरि पूर्वाधार निर्माणमा समस्या देखिएको छ ।’ नयाँ संरचनामा मुलुक गईसकेको अवस्थामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले सरकारले नीजि क्षेत्रलाई व्यवसाय चलाउन सहज वातावरण निर्माण गर्दै जानुपर्नेमा जोड दिए ।

०४६ सालपछि नेपालमा औद्योगिक विकासले गति लिएको बताउँदै राज्य मन्त्री राणाले ०४८ देखि मुलुकमा लक्ष्य भन्दा १० प्रतिशत कम राजश्व संकलन भएको, पूँजीगत खर्च घटेको र अनुत्पादक क्षेत्रमा खर्च बढेकोमा चिन्ता गर्दै राज्य मन्त्री राणाले ‘अन युज्ड फण्ड’लाई बजारमा पठाउने विषयमा पनि कुराकानी भईरहेको समेत जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !