१२ बैशाख २०८१, बुधबार

मध्यपहाडी लोकमार्गले गति लिँदै


पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड

गण्डकी । निर्माणधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको जारी निर्माण एवं आगामी दिनमा गरिने कामका सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपध्यक्षसहितको टोलीले स्थलगत अध्ययनलाई अघि बढाएको छ ।

लोकमार्ग अन्तर्गत कास्की, पर्वत र बागलुङको विभिन्न खण्डमा पुगेको टोलीले जारी कामको अनुगमनका साथै कार्य प्रगतिको विवरण लिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा बागलुङ तथा कास्कीको पोखरा महानगरका विभिन्न स्थानमा काम अघि बढाउन बढ्दो बस्ती विकासलगायतका समस्या देखिएको उहाँले बताउनुभयो ।

समस्या देखिएका स्थानमा सम्बन्धित स्थानीय तह एवं सरोकारवाला सबैको सहयोग तथा समन्वयमा निर्माण कार्यलाई तीव्रता दिनुपर्ने कँडेलको भनाइ छ । निर्माणको गुणस्तरीयतामा प्राविधिक पक्षले अत्यन्त महत्व राख्नेमा जोड दिँदै उहाँले विभिन्न आयोजनाको सफलता सम्बद्ध सबै पक्षको समन्वय र सहकार्यमा निर्भर रहने बताउनुभयो ।

विश्वव्यापी महामारीका रुपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमणले विकास निर्माणमा प्रत्यक्ष असर परेको बताउँदै उहाँले सङ्क्रमणको बाबजुद पनि राष्ट्रिय गौरवका आयोजना अघि बढाउन सरकारी पक्षबाट कुनै कसर बाँकी नराखिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले लोकमार्ग अन्तर्गत पोखरा महानगर खण्डमा पर्ने २३ किलोमिटर दूरीका सडकका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भए पनि काम अघि बढन नसकेको बताउनुभयो । सडक खण्डका विभिन्न स्थनमा बढ्दो बस्ती विकासलगायतका समस्या रहेकोले सम्वद्ध सरोकारवाला सबैले थप छलफल गरी निर्माण कार्यलाई अघि बढाउन पहलकदमी गर्नुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजना सञ्चालन पूर्व सम्बन्धित स्थानीय तह एवं सम्वद्ध पक्षसँगं छलफल गरिनुपर्नेमा जोड दिनुभयो । विकासका काममा सकेसम्म सर्वसाधारणको कम क्षति हुने गरी गर्नुपर्ने बताउँदै उहाँले जनताले अधिकतम लाभ पाउने यस किसिमका योजनामा महानगरले आप्mना तर्पmबाट सहजीकरण गर्ने बताउनुभयो ।

मङ्सिर २ गते लोकमार्ग अन्तर्गतको कास्कीको हेमजास्थित सेती नदी निर्माणाधीन पक्की पुलबाट शुरु गरेको सो टोलीले पर्वत हुँदै बागलुङ, रोल्पा र रुकुमको सङ्गमस्थल बुर्तिवाङ, पातीहाल्ने स्थानसम्म स्थलगत अनुगमन गरेको थियो । सो टोलीले लोकमार्गका साथै सालमण्डी, बुर्तिवाङ ढोरपाटन अर्को सडक आयोजना, कालीगण्डकी करिडोरको राहुघाट र निसीखोला गाउँपालिकास्थित अन्तरगङ्गा जलविद्युत् आयोजनालगायतका विभिन्न विकास निर्माणको अनुगमन गरेको थियो ।

विक्रम सम्बत २०७५ पुसदेखि शुरु भएको आयोजना अन्तर्गत कास्की, पर्वत र बागलुङ खण्डको कूल २४० किमी क्षेत्रफलमध्ये २०१ किमीमा काम भइरहेको आयोजना प्रमुख मेघराज मरासिनीले जानकरी दिनुभयो । उहाँका अनुसार यस खण्डको बाँकी कास्की र लमजुङ जोडने १६ किमीको बोलपत्र आह्वान भइसकेको छ भने कास्कीको पोखरा महानगरपालिका अन्तर्गतको २३ किमी सडक खण्डका लागि निर्माण प्रक्रिया अघि बढेको छैन् । आर्थिक वर्ष २०७८÷७९ सम्म निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको र विभिन्न १२ वटा ब्लकमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । आयोजनाको यस खण्डका लागि कूल साढे छ अर्ब रुपैया विनियोजन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !