१३ बैशाख २०८१, बिहिबार

मन्त्री विश्वकर्माबाट ग्रामीण सडक निरीक्षण


पोखरा महानगरपालिका

कास्की,१३ कात्तिक । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा महानगरपालिकाभित्रको निर्माणाधीन अमला बिसौंनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामीण सडकको आज निरीक्षण गर्नुभएको छ ।

महानगरको वडा नं १६ र १९ लाई समेटेर निर्माण भइरहेको १२ किमी सो सडकको निरीक्षण गर्दै उहाँले सडक, सिँचाई, खानेपानीलगायत पूर्वाधार निर्माण गर्दा गुणस्तरलाई विशेष ध्यान दिइ तोकिएको समयमा काम सकाउन आग्रह गर्नुभयो ।

सो सडकको चार किलोमिटरको निर्माणको जिम्मा जिएसआर निर्माण सेवाले पाएकामा ५०० मिटर ढलान गरिएको छ भने बाँकी सडकमा कालोपत्र गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ । गण्डकी प्रदेश सरकारले भौैतिक पूूर्वाधार विकास मन्त्रालयको रु सात करोड ८२ लाख लागतमा सो सडक स्तरोन्नति भइरहेको हो ।

सडक फराकिलो पार्ने, नाला निर्माण र रिटेलिङ्ग वालको काम सम्पन्न भएर कालोपत्र गर्ने कार्य शुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिनुभयो । कालोपत्र गर्न शुरु भएपछि स्थानीयवासी उत्साहित बनेको पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !