८ बैशाख २०८१, शनिबार

एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की


सडकखण्ड पुनःसञ्चालन

वाग्मती, १ असोज । हेटौँडा उपमहानगरपालिकाले एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की गरेको छ । उपमहानगरले गएको एक वर्षमा जनसहभागितासहित रु ४९ करोड ५१ लाख बजेटमा १९ वटा वडामा साढे ३१ किलोमिटर सडक स्ल्याप ढलान र एक किलोमिटर सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिका क्षेत्रमा रहेका कच्ची सडकलाई पक्की बनाउने अभियानअनुसार ३२ किलोमिटरभन्दा धेरै सडकलाई पक्की गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

उपमहानगरका गाभिएका नयाँ वडाहरुलाई विशेष प्राथमिकता दिइएको भए पनि सबै वडाका सडकलाई पक्की बनाउने काम गरिएको उहाँले बताउनुभयो । चाँडो बिग्रने भएकाले कालोपत्रेलाई प्राथमिकता नदिई एकपटक बनाएपछि वर्षौँ टिक्ने स्ल्याप ढलानलाई प्राथमिकता दिइएको प्रमुख महतले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरले खर्च गर्ने बजेटमध्ये सडकका लागि सबैभन्दा बढी खर्च भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !