७ बैशाख २०८१, शुक्रबार

महावु सडक खण्ड स्तरोन्नतीका लागि ८ करोड


करोड

दैलेख, १९ भदौ । सदरमुकाम महावु–कालिकोट–जुम्ला–मुगु–डोल्पा हुँदै चीनको नाम्चेनाग्ला जोड्ने त्रिदेशीय महत्व बोकेको महावु सडक खण्डको कालोपत्रेका लागि रु ८ करोड बढीको ठेक्का आह्वान गरिएको छ । सङ्घ सरकारको सडक डिभिजन कार्यालय सुर्खेतमार्फत निर्माणका लागि ठेक्का खोलेको हो । सदरमुकाम आसपास हुँदै महावु खण्डको स्तरोउन्नतीका लागि पहिलो चरणको ठेक्का खुलाइएको सुर्खेत सडक डिभिजन कार्यालयका सूचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिनुभयो । त्रिदेशिय सडकअन्तर्गत निर्माणका लागि गत वर्ष प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकास कोषको रु ६ करोड कालोपत्रे शुरु गर्नुभएको थियो ।

गत वर्ष निर्माण व्यवसायीले काम नसकेपछि जिम्मेवारी लिएका निर्माण कम्पनीलाई नै काम पूरा गर्न ६ महिनाको म्याद दिने र सोही अवधिमा सम्पन्न भए मात्र भुक्तानी दिने गरी अर्थ मन्त्रालयमा प्रक्रिया थालनी गरिएको प्रतिनिधिसभाका सदस्य शर्माले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय सुर्खेतअन्तर्गत तल्लोडुगेश्वर, दुल्लु, भैरवीको बेहुली लेक हुँदै कालिकोटको भर्ता लेक भएर कर्णाली राजमार्ग जोड्ने सडकको काम पनि गत वर्षदेखि धमाधम शुरु भएको छ । ट्रयाक खोल्न बाँकी रहेको मुख्य सडक खण्डमध्ये प्रदेशसभा सदस्य राजबहादुर बुढाको सहयोगमा डाँडीमाँडी कुसापानी सडकका लागि रु १ करोड, गाबुगौडाबाट पानीपोखरा खण्डमा रु १ करोड र बेहुलीबाट कालिकोटको सिमानासम्म जोड्नका लागि रु १ करोड गरेर रु ३ करोड रकम उक्त सडकमा खर्च गरिएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले जानकारी दिनुभयो ।

दैलेख र कालिकोटको सिमाना जोड्नका लागि बेहुलीको लेक र भर्ता लेक जोड्न यो वर्ष रु ३५ लाख रकमको काम सम्पन्न गर्न सडक डिभिजन कार्यालय सुर्खेतले टेण्डर आह्वान अध्यक्ष बुढाले जानकारी दिनुभयो । दैलेख सदरमुकामको महावु हुँदै कालिकोट र भैरवीको कुसापानी हुँदै कालिकोट दुवै सडक निकै महत्वका भएको र परम्परागत रुपमा मानिस ओहोर दोहोर गर्ने छोटो दुरीको भएकोले पनि यस क्षेत्रका जनताको आर्थिक अवस्थामा सुधार ल्याउने स्थानीयबासीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !