१३ बैशाख २०८१, बिहिबार

यस्ता छन् देशमा विकास नहुनुका कारणहरु


देशको विकास
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भारतका ९०% उत्पादनको खपत नेपालमा हुन्छ । नेपाल भारतको निर्भरमा नभई भारत नेपालको व्यापारमा निर्भर देखिन्छ । यदि नेपालको सामानले जुनदिन बजार ओगटेको छ, त्यसको भोली देखि भारतलाई ठूलो झड्का लाग्ने प्रयाप्त सम्भावना छ । यहि कारण नेपालको राजनीतिमा चलखेल भइरहन्छ ।

भारतको आँखा भनेको नेपालमा एकल व्यापार गर्न चाहनु हो । चीनले नेपालमा सहयोग गरेको भारतले रूचाउदैन यही कारण राजसंस्था फालिएको थियो । अहिले पनि नेपालमा फेरि चलखेलको राजनीति सुरू हुदैछ । भारतले नेपाल सरकारलाई उद्योग खोल्न नदिनुको कारण पनि आफ्नो व्यापार फस्टाउन हो ।

नेपालको राजनीति भारतको इशारामा चल्ने गरेको छ । भारतले केहि सत्ता चलाउने र अन्य राजनीतिज्ञहरू प्रलोभनमा पार्ने गरेको यदाकदा सुन्नमा आएको छ । नेपालको विकासमा खुला हस्तक्षेप छ । नेपालको विकास नहुने देखिन्छ । भारतका बोर्डरमा भएका सवै व्यापार नेपालीले चलाएका छन् । यदि नेपाली सामान खरिद गर्न नजाने हो भने सुनसान देखिनेछ ।

हामी नेपालीको घटिया सोचले गर्दा आज नेपाल धेरै पछाडि धकिलिएको छ । नेपालीको पसिनाको फाइदा सवै विदेशीले लुटेको देखिन्छ । नेपाली सवै मोजमस्तीमा डुब्नुको कारणले गर्दा नेपाल खस्कदैछ । नेपालीलाई उकास्नु छ भने पहिले बोर्डर सिल गर्नुपर्छ ।

भारत र नेपालको सम्बन्ध गहिरो हुनुको कारण सवैभन्दा ठूलो प्रभाव व्यापारमा परेको छ । यदि नेपाल सरकारले भारत जानको लागि चीन जान भिसा सिस्टम भएजस्तै अब नेपालबाट भारत जान पनि भिसा सिस्टम लागु गर्न सके बल्ल देशले फड्को मार्नेछ । खुला सिमाना र खुला व्यापारका कारण राजस्व चुहावट भएको देखिन्छ ।

हाम्रो देशमा उत्पादन हुन सक्ने औषधि लगायत अन्य सामान विदेशी नभई स्वदेशी नै विक्री गर्नु हुन अनुरोध छ । आयुर्वेदिक होस् या एलोपैथिक औषधिहरु होस् या जुनसुकै सामान नेपालमा अत्यधिक देखिएकोले कृपया अहिले देशमा भएका उद्योगबाट उत्पादन गरिएका औषधि लगायत सवै सामान बढी प्रयोग गरेर प्रोत्साहन दिनुहुन अनुरोध गर्दछौ ।

जस्ले राष्ट्रिय उत्पादनमा सहयोग हुने देसको समृद्धिमा सहयोग हुने देसको अर्थतन्त्र सबल हुने पुँजी पलाएन रोकिने हुदा यसमा ध्यान दिन हुन बिनम्र अनुरोध छ । देशको अर्थतंत्र त्यति बेला सुधार हुन सक्छ जतिबेला हरेक बस्तु स्वदेशमै उत्पादन र बजार पाउन थाल्दछ ।

देशमा विकास हुन नसक्नुको प्रमुख कारण भनेकै परनिर्भरमा रमाउनु भन्दा खासै फरक छैन । नेपालका राजनितिक दललाई केवल विकासको भन्दा सिट जोगाउनको बढी चासो देखिन्छ । हिजो समाप्त पारिएका उद्योग आज खोल्नुको सट्टा विदेशी सामान बेच्ने काममा सवै तल्लिन भएको वर्तमान समयले उद्घोष गरेको देखिन्छ ।

विकासोन्मुख देशले विदेशी सहयोग लिएर उत्पादनको क्षेत्रमा लगाउनु राम्रो हो तर अनुत्पादन क्षेत्रमा लगाउनुको कुनै औचित्य छैन यसले देशको स्तरोत्तर त होइन रिनको दलदलमा देश डुब्ने निश्चित छ । नेपाली नागरिकको पैसा विकासमा लगाउन प्रयाप्त सम्भावना छ । नेपालमा के छैन सवै हुँदाहुँदै पनि किन उत्पादनमा सरकारले ध्यान दिन सकेन ? देशको विकास गर्न सक्षम नेतृत्वको अभाव खडकिएको वर्तमान अवस्थाले देखाएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !