विकास

  • Nepalpatra

    घुससहित कर्मचारी पक्राउ

    २ भदौ, इटहरी । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट रु १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन […]

  • Electricity

    ढल्केबर सवस्टेसन सञ्चालनमा

    १ भदौ, काठमाडौँ  । मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । औपचारिक रूपमा बिहीबार रातिदेखि सो सवस्टेशन सञ्चालनमा आएको […]

  • palpa

    माडी पुल निर्माण

    १ भदौ, रोल्पा । पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्न आजदेखि रोल्पाको माडी खोला पुल निर्माण गर्न थालिएको छ । सत्र महिनाभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको एसियाटिक राज जेवी कन्ट्रक्सनले गत असार ३१ गते रु तीन करोड ५१ लाखमा निर्माण गर्ने संझौता गरेको छ । विसं ०६५ मा सडक विभागमा खोलिएको ठेक्कामा […]

  • Martyrs statue

    शहीद स्मारकले गति लिँदै

    ३१ साउन, काठमाडौँ ।  राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको गोकर्णको राष्ट्रिय शहीद तथा शान्ति स्मारक शहरी विकास मन्त्रालयअन्तर्गत रहने भएको छ । सरकारले कार्यविभाजन नियमावली संशोधन गरी गत असार २० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । स्मारक यसअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत थियो । मन्त्रालयको सङ्गठन पुनःसंरचनासँगै शान्ति मन्त्रालय […]

  • Nepalpatra

    कीर्तिपुरमा एकीकृत पर्यटन परियोजना सुरु

    ३० साउन, काठमाडौँ । कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको पर्यटकीय एकीकृत गुरुयोजनाको तयारी तथा आधारभूत नीति निर्माणका लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो । आगामी भदौभित्र चालू आवको प्रथम चौमासिकभित्र परियोजना कार्यान्वयनमा ल्याउने योजना […]

  • Dang_local_Level

    पार्क निर्माणको शुरुवात

    ३० साउन, दाङ । घोराही उपमहानगरपालिका–१ मालझाँक्री सामुदायिक वन उपभोक्ता समूहले खाली रहेको जमीनमा वृक्षरोपण गरी पार्क निर्माण गर्न कामको थालनी गरेको छ । वन समूहले आफ्नो कोषको रु पाँच लाख र दुई लाख बराबरको जनश्रमदानबाट पार्क निर्माणका लागि तारबारसहित वृक्षरोपण गरेको छ । घोराही उपमहानगरपालिका–१ सिमलतारास्थित भूतेरह चौरमा रहेको एक हेक्टर बढी क्षेत्रफलमा तारबारसहित […]

  • Myagdi

    समुदायको लगानीमा प्रवेशद्वार निर्माण

    ३० साउन, बेनी । सप्तऋषिले तपस्या गरेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित ऋखारमा पूजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि प्रवेशद्वार बनाइएको छ । वडा नं ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको रु सात लाख नगद र जनश्रमदानमा प्रवेशद्वार बनाइएको हो । प्रवेशद्वार निर्माणमा पात्लेखर्क, घ्यासीखर्क, खरिबोट, चौरखानी, मङ्गलेखानीलगायतका क्षेत्रका […]

  • Naag pokhari

    नागपञ्चमीको अवसरमा नागपोखरीमा सरसफाइ सम्पन्न

    ३० साउन, काठमाडौँ । यस वर्षको नागपञ्चमीको अवसर पारेर नक्सालस्थित नागपोखरीमा आज सरसफाइ गरिएको छ । काठमाडौँ महानगरपालिका–१ नक्सालमा बिहीबार हुने नागपञ्चमी तथा मेलाका लागि स्थानीयवासीले पोखरी तथा त्यसवरपर सफा गरी फोहर व्यवस्थापन गरेका हुन् । पोखरीको मध्यबिन्दु तथा केन्द्रमा नागसहितको ठूलो खम्बा गाडिएको छ । नागको प्रतिमा निर्माण गरिएको उक्त पोखरीको लम्बाइ १२५ र […]

  • agreement_Ilam_khanepani

    ८४ करोडको खानेपानी आयोजना सम्झौता

    २९ साउन, इलाम । बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् । आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । […]

  • House map

    उपमहानगरपालिकावाटै घर नक्शाको सेवा सुरु

    २९ साउन, बुटवल । तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि कुनै झण्झट नउठाउनुस् । तपाईंलाई यसको सेवा बुटवल उपमहानगरपालिकाले आफैं प्रदान गर्ने भएको छ । बुटवल उपमहानगरपालिकाले नगरभित्र घर बनाउने नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्शा न्यूनतम शुल्क लिएर आफैं बनाइदिने कार्यक्रम अघि सारेपछि […]

  • Myagdi

    श्रमदानबाट घरघरमा खानेपानीको सुविधा

    २९ साउन, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँकी आरतीकुमारी शेरचनले खानेपानी आयोजनाको झारा (श्रमदान)को लागि रु एक लाख खर्चिनुभयो । छोरा प्रवासमा रहेको र आफ्नो दम्पतीले श्रमदानको लागि काम गर्न नसक्ने भएकाले उनले दैनिक रु ५०० ज्याला दिने गरी मान्छे खटाएर श्रमदान गर्नुभयो । खानेपानीको चरम अभाव रहेको खानीगाउँमा खानेपानी आयोजना निर्माण गर्ने भएपछि २०० दिनसम्म […]

  • ilam-chiya

    चिया खेती विस्तार

    २९ साउन, चौतारा । पर्यटकीयस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अर्थोडक्स चिया खेती शुरु गरिएको छ । करीब तीन दशकअघि स्याउखेतीमा चर्चित उक्त गाउँमा स्याउमा लाग्ने रोग नियन्त्रण नभइ सबै स्याउ सखाप भएपछि गाउँपालिकाभर चिया खेती शुरु गरिएको उक्त गाउँपालिकाले जनाएको छ । गत वर्ष नै तिम्बुमा चियाको नर्सरी स्थापना गरिएकामा यसवर्ष त्यहाँ उत्पदित ३१ हजार बिरुवा […]

  • nepalguj

    सडक सञ्जालले छुँदै ग्रामीण बस्तीलाई

    २९ साउन, नेपालगञ्ज । बाँके जिल्लाका गाउँ नेपालगञ्ज बजारको सडक सञ्जालसँग जोडिँदै गएपछि विकासका पूर्वाधार पनि बढ्दै गएका छन् । कूल २३ वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा अहिले ९० किलोमिटर कालोपत्रे सडक र नाला निर्माण भएको छ । एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्जमा करीब रु चार अर्बको कालोपत्रे सडक र नाला निर्माणले नजीकका गाउँबस्तीलाई नेपालगञ्जसँग नजिक्याएको […]

  • Nepal-Telecom-central-office-Ntc-offer-750x430

    सातवटै प्रदेशमा फोरजी एलटिई सेवा विस्तार गर्दै टेलिकम

    २८ साउन, काठमाडौँ । सातवटै प्रदेशमा फोरजी एलटिई सेवा विस्तार गर्न नेपाल टेलिकमले प्रक्रिया सुरु गरेको छ । सेवा विस्तार गर्न बोलपत्र आह्वान गरेको टेलिकमले जनाएको छ । साथै  टेलिकमले चालू आर्थिक वर्ष २०७५/७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ । मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग […]

  • Fish farming

    मेहनत गरे नेपालमै सुन फल्छ

    २७ साउन, बैतडी । मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्नुहुन्थ्यो । विदेशमा धेरै दुःख गरेर उहाँले चार वर्ष बिताउनुभयो तर पैसा कमाउन सक्नुभएन । त्यहाँ छँदै उहाँले अठोट पनि गर्नुभयो – स्वदेश फर्केर यही पेशा अपनाउने । विदेशबाट […]