७ बैशाख २०८१, शुक्रबार

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाए विश्वासको मत


लालबाबु राउत

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । आज बुधबार राउतको पक्षमा ७७ जना सांसदले मत दिएसंगै दुई तिहाइको समर्थन पाएका हुन् ।

प्रदेश नम्वर २ को १०४ सदस्यीय प्रदेशसभामा उपस्थित १०० जना सांसदमध्ये उनको विपक्षमा २३ जनाले मत हालेका थिए । मुख्यमन्त्री राउतलाई बहुमत पुर्‍याउन ५३ मत आवश्यक पर्दथ्यो ।

जनता समाजवादी पार्टी (जसपा) विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री राउतलाई आफ्नै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !