८ बैशाख २०८१, शनिबार

एमाले प्रवेश गरेका ४ सांसद पदमुक्त


रामचन्द्र मण्डल

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नआएपछि कारबाही गरेको छ । दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ ।

नेकपा एमालेमा प्रवेश गरेका रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरलाई कारबाही गरिएको माओवादी केन्द्रले जनाएका छ । प्रदेशसभामा सभामुखले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त भएको घोषणा गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !