१३ बैशाख २०८१, बिहिबार

काँग्रेस नेता तिम्सिनाले दिए पार्टीबाट राजीनामा


कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गरेका छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै राजीनामा दिएका हुन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै तिम्सिनाले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिए । केपिलासगढी गाउँपालिका अध्यक्षका आकांक्षी मनोजले टिकट नपाएपछि भाइ मुक्तिनाथले जिम्मेवारी छाडेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !