१३ बैशाख २०८१, बिहिबार

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दै मन्त्री ?


राजेन्द्र राई

बिराटनगर । प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

काँग्रेसबाट प्रकाशप्रताप हाङ्गाम भूमि व्यवस्था, शेखरचन्द्र थापा वन, वातावरण तथा भूसंरक्षण र ओमप्रकाश सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी, ऊर्जा तथा सिँचाइ र झलकसिंह दर्लामी कृषि तथा पशुपंक्षी विकास मन्त्रीको नाम रहेको छ । नेकपा एकीकृत समाजवादीबाट खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री, राजन राई सामाजिक विकास मन्त्री र उपेन्द्र घिमिरे सूचना, सञ्चार तथा सहकारी मन्त्री बन्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !