८ बैशाख २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघात छानबिन गर्नुपर्छ : मन्त्री आङ्बो


इन्द्र आङ्बो

काठमाडौँ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघात छानबिन गर्ने बताएका छन् ।

प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका आङ्बोले पार्टी नेतृत्वप्रति इमान्दार नभएर लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले यस्तो अन्तरघात क्षम्य नहुने भन्दै निर्ममतापूर्वक गम्भीर समीक्षा र छानबिन गरेर प्रदेश गठबन्धन अघि बढ्नुपर्ने बताएका छन् ।

मन्त्री आङ्बोले लेखेका छन्, “संघीयता प्रति चौतर्फी प्रहार भइरहेको बेला झन् हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेन्डा,जनता,पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौँ,लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षम्य हुन्न । अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्छ बढ्नेछ…।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !