१२ बैशाख २०८१, बुधबार

कांग्रेस प्रदेश नं १ मा सदस्यमा को-को भए विजयी ?


नेपाली कांग्रेस

झापा । नेपाली कांग्रेस प्रदेश नं १ का सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । हालै सम्पन्न अधिवेशनमा १४ जना सदस्य निर्वाचित भएका छन् ।

निर्वाचित हुने सदस्यमा बिमल आचार्य, भूमिराज राई, हुकुमसिंह राई, राजकुमार बराइली, रेगिना भट्टराई, चन्द्रकुमारी खड्का, प्रकाश कार्की, टेकबुहादुर खुजुम लिम्बू, फुलवति राजवंशी, शोभा श्रेष्ठ, मीरा खड्का र किरण भट्टराई निर्वाचित भएको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले बताए ।

“सभापतिसहित धेरै नै सदस्य झापाबाट आउनुभयो प्रदेशमा” उनले भने,“अब जिल्लाबाट एक जना केन्द्रीय महामन्त्रीसहित सातजना सदस्यको उम्मेद्वारी तय भएको छ केन्द्रीय महाधिवेशनमा । सबै जितिन्छ भन्ने आशा छ ।”

उनका अनुसार जिल्लाबाट महामन्त्रीमा विश्वप्रकाश शर्माले र सदस्यमा सुधीर शिवाकोटी, महेन्द्र सुब्बा लगायत ७ जनाले उम्मेद्वारी दिने तयारी गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !