११ बैशाख २०८१, मंगलबार

यात्रुबाहक बसबाट झरेर एकको मृत्यु


शव फेला

उदयपुर । यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका-६ जलजलेको मोहनपुरको जंगलमा बसको ढोकाबाट झरेर एकको मृत्यु भएको स्रोतले बतायो ।

बसको ढोकाबाट झरेर विराटनगर उपमहानगरपालिका-५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !