७ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप जारी


राजेन्द्र राई

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।

बैठक सुरू हुनुअघि एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !