१३ बैशाख २०८१, बिहिबार

व्यवसायीद्वारा यातायातलाई सहज बनाउने प्रतिबद्धता


ताप्लेजुङ । ताप्लेजुङका यातायात व्यवसायीले यातायातलाई सहज र सर्वसुलभरुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । सिट क्षमताका आधारमा सहजरुपले टिकटको प्रबन्ध गरी सेवा प्रदान गर्न उनीहरु प्रतिबद्ध भएका हुन् ।

जिल्ला यातायात व्यवस्थापन समितिका पदाधिकारी र यातायात व्यवसायीबीचको संयुक्त बैठकका क्रममा भाडादरमा कालोबजारी हुन नदिने र सिट क्षमताअनुसार स्वास्थ्य सुरक्षा अपनाएर यात्रु राख्ने व्यवसायीले जनाएका छन् । नजिकिएको चाडबाड र पाथीभरा मन्दिरमा आउने तीर्थयात्रीले हुने भिडभाडका अवस्थामा समेत यातायातलाई सहज र सुलभ बनाउने बैठकको निर्णय गरेको छ ।

निर्धारित भाडादर कार्यान्वयन गर्ने, कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउने, यात्रुलाई ठगिनबाट जोगाउने जस्ता विषयमा यातायात व्यवसायी जिम्मेवार र जवाफदेही बन्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार भाडादरका बारेमा यात्रुलाई सुसचितसमेत गराइने छ ।

विषेश गरी पाथीभरा मन्दिरको दर्शन गर्ने याम र चाडबाड नजिकिएसँगै यहाँका यातायात क्षेत्रमा भिडभाड सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !