११ बैशाख २०८१, मंगलबार

प्रदेश नं १ को अधिवेशन आह्वान


प्रदेश १ को प्रदेशसभा

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ ।

संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम(१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !