७ बैशाख २०८१, शुक्रबार

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन


राजेन्द्र राई

माधव नेपाल नेतृको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको एक नेताले जानकारी दिए ।

प्रदेशसभामा दलको नेता चयन भएसँगै भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र पठाउने तयारी भएको एक नेताले जानकारी दिए ।

राजेन्द्र राईसहिहत राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !