८ बैशाख २०८१, शनिबार

प्रमुख सचेतक भट्टराईको विशेष उपस्थितिमा ‘हलेसीका जनतासँग मुख्यमन्त्री कार्यक्रम’ हुँदै


विशाल भट्टराई

काठमाडौं । हलेसी तुवाचुङ नगरको समग्र विकासलाई लिएर ‘हलेसीका जनतासँग मुख्यमन्त्री कार्यक्रम’ हलेसी मन्दिरको प्रांगणमा हुने भएको छ । नेकपा एमाले हलेसी तुवाचुङ नगर कमिटिद्वारा आयोजना गरिएको कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री मा. शेरधन राई, नेकपा एमाले संघिय संसदिय दलका मुख्य सचेतक मा. विशाल भट्टराईको विशेष उपस्थिति रहने युबा संघ नेपालका केन्द्रिय सदस्य केबी आलेले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रदेश १ का भौतिक पुर्वाधार मन्त्री मा. अमिर बाबू गुरुङ, सामाजिक बिकाश मन्त्री मा. उषाकला राई, जिल्ला पार्टी अध्यक्ष राम प्रसाद दंगाल र युवा संघ पुर्व अध्यक्ष रमेश कुमार पौडेलको उपस्थिति रहने आलेले जानकारी दिए । कार्यक्रम चैत २२ गते हलेसी मन्दिरको प्रांगणमा हुने आलेले जानकारी दिए ।

उक्त कार्यक्रममा सास्कृति कार्यक्रम र झाक्रीहरु विशेष प्रस्तुति रहने छ । कार्यक्रममा प्रमुख सचेतक विशाल भट्टराईको विशेष मन्तव्य रहने छ। त्यस्तैगरी मुख्यमन्त्री शेरधन, मन्त्रीहरु उषाकला राई र अमिर बाबू गुरुङको पनि मन्तव्य रहने छ। कार्यक्रममा अन्य विभिन्न तहका नेताहरुको पनि उपस्थिति रहने छ। स्थानीय तहका जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेने छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !