१२ बैशाख २०८१, बुधबार

सबैभन्दा धेरै पार्टी परिवर्तन गर्ने शेरबहादुर तामाङकी श्रीमती मन्त्री बन्दै


शेरबहादुर तामाङ, उषाकला राई

काठमाडौं । माधवकुमार नेपाल-झलनाथ खनाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि मुख्यमन्त्री राईले सरकार विस्तारको तयारी थालेका छन् ।

युबा संघ, नेपालका केन्द्रिय सदस्य केबी आलेका अनुसार माओवादी केन्द्रवाट नेकपा एमाले प्रवेश गर्ने र नेपाल-खनाल समूहवाट ओली समूहमा आएका नेताहरुहरु मन्त्री बन्ने भएका छन् । केबी आलेका अनुसार माओवादी केन्द्र छाडेका टङ्क आङ्बुहाङ, नेपाल-खनाल समूह त्याग गरेका उषाकला राई र कला घले, राजकुमार ओझा, गोपाल बुढाथोकी मन्त्री बन्ने भएको छ ।

उषाकला राई पूर्वमन्त्री शेरबहादुर तामाङकी श्रीमती हुन्। उषाकला राई र शेरबहादुर तामाङ सबैभन्दा धेरै समूह परिवर्तन गर्ने नेताको रुपमा चिनिन्छ। तत्कालिन नेकपा दुई समूहमा विभाजन भएपछि यी श्रीमान श्रीमती ओली समूहमा थिए। तर पछि ओलीले संसद विघटन गरेर ठुलो गल्ति गरेको भन्दै नेपाल-खनाल समूहमा लागेका थिए। नेपाल समूहमा लागेको केहि दिनमै पुन: ओली समूहमा फर्किएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !