१३ बैशाख २०८१, बिहिबार

प्रदेश नं १ मा थपिए १६५ जना कोरोना संक्रमित


प्रदेश १

विराटनगर । प्रदेश नं १ पछिल्लो २४ घण्टाको अवधिमा १६५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८५४ जनाको पिसिआर परीक्षणमा ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीमा ७१, मोरङमा ४६ मध्ये विराटनगरमा २८, झापामा २०, सङ्खुवासभामा नौ, इलाममा चार, पाँचथरमा तीन, धनकुटा, भोजपुर र उदयपुरमा एक/एक र प्रदेश बाहिरका नौ जना रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २८ हजार ४१५ पुगेको छ ।

प्रदेशमा आज होमआइसोलेसन र विभिन्न कोभिड अस्पतालबाट ९७ सङ्क्रमित निको भई घर फर्केका छन् भने निको हुनेको सङ्ख्या हालसम्म २३ हजार ३४३ पुगेको छ । यस प्रदेशमा हालसम्म एक लाख ९७ हजार ६३८ को पिसिआर परीक्षण भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !