७ बैशाख २०८१, शुक्रबार

महोत्तरीको पिपरा गाउँपालिकामा जसपा नेपाल विजयी


जसपा नेपाल

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अध्यक्षमा जसपाका रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अमितकुमार पाण्डेयले दुई हजार ९७७ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि जसपाकै बन्दना पाण्डेयले पाँच हजार ४० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रविता कुमारीले तीन हजार ६२३ मत प्राप्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !