४ बैशाख २०८१, मंगलबार

निजगढ नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले विजयी


नेकपा (एमाले)

कलैया । बाराको निजगढ नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी प्राप्त गरेको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले आठ हजार ८२३ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा एमालेकै सोममया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले आठ हजार ५१८ मत मात्र प्राप्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !