४ बैशाख २०८१, मंगलबार

मधेस प्रदेशसभाको बैठक स्थगन


प्रदेश नं २

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश आजको बैठक स्थगन भएको जानकारी गराएको छ । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो ।

अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु