६ बैशाख २०८१, बिहिबार

एमालेका थप २ सांसद एकीकृत समाजवादीमा


एकीकृत समाजवादी

जनकपुरधाम । नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । प्रदेश २ का सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोग कार्यालय पुगेर एकीकृत समाजवादी दल रोजेका हुन् ।

सांसद विश्वकर्मा र गुरुङले सनाखत गरिसकेको एकीकृत समाजवादीका एक सांसदले जानकारी दिए । यसअघि गत बिहीबार एमालेका १० जना सांसदले एकीकृत समाजवादी रोजेका थिए । प्रदेश २ मा नेकपा एमालेको २१ जना प्रदेशसभा सदस्य रहेकामा एकीकृत समाजवादी रोज्नेको संख्या १२ पुगेको छ ।

एमालेका सांसदहरु शत्रुद्यन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मंजु कुमारी यादव, बेची लुंगेली, रबीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !