७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा समाजवादीका केन्द्रीय भट्टराई नियुक्त


ढुण्डीराज भट्टराई

बुटवल । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी विकास कोषको कोषाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज ढुण्डीराज भट्टराई नियुक्त गर्ने निर्णय गरेको छ ।

भट्टराईले एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आवद्ध छन् । उनको कार्यकाल ५ वर्षको हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !