११ बैशाख २०८१, मंगलबार

केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा बनाउन गठबन्धनले बुझायो हस्ताक्षर


लुम्बिनी प्रदेश

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई नियुता गर्न चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।

केसीलाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

स्रोतका अनुसार गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।

प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !