१२ बैशाख २०८१, बुधबार

लुम्बिनी प्रदेशकी राज्यमन्त्री शर्माले दिइन् राजीनामा, मुख्यमन्त्रीलाई धक्का


बुटवल । जनता समाजवादी पार्टी (जसपा) की प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । रायमाझीले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा बुझाएपछि पोखरेललाई धक्का लागेको छ ।

जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ । उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !