४ बैशाख २०८१, मंगलबार

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय


सोमनाथ अधिकारी

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । बैठकले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूपश्चिमका गंगाप्रसाद यादवलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको स्रोतले बतायो।

विशेष स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !