१३ बैशाख २०८१, बिहिबार

गोरखाको चुमनुब्री गाउँपालिकामा माओवादी केन्द्र विजयी


नेकपा (माओवादी केन्द्र)

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् ।

लामाले एक हजार ६२४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गरे । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गरे ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित भएका थिए । गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !