१३ बैशाख २०८१, बिहिबार

पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले


कांग्रेस र माओवादी

पर्वत । पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन् । गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित गरेका हुन् । कुँवरले २ हजार ९३७ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकी मीना तिवारी निर्वाचित भएकी छन् । तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याए ।

यहाँ ६ वडामध्ये ३ वटामा एमाले, २ मा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएको छ । वडा नं १, ३ र ५ मा एमाले, वडा नं २ र ४ मा काँग्रेस तथा वडा नं ६ मा माओवादी केन्द्र विजयी भयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !