८ बैशाख २०८१, शनिबार

एमालेबाट पोखराको मेयरमा कृष्ण थापा उम्मेदवार


पोखरा महानगरपालिका

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको प्रमुखमा कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपमेयरमा मञ्जु गुरूङलाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।

पौडेललाई उम्मेदवार बनाएको विषयमा पार्टीभित्रै असन्तुष्टिपछि पार्टी अध्यक्षसहितका नेताहरुको गृहकार्यपछि त्यहाँ कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !