११ बैशाख २०८१, मंगलबार

नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन


नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवलपुर । हिजो वैशाख ७ गते बुधबार नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा तथा दोस्रो अधिवेशन, २०७९ सम्पन्न भएको छ ।

नवलपुरको कावासोती होटल नयाँ थाली, कावासोती थाना पछाडि लुम्बिनी क्याम्पस रोड जाने बाटोमा विहान ७.३० बजेदेखि कार्यक्रम शुभारम्भ भएको थियो । उक्त कार्यक्रममा आयुर्वेदको हकहितमा बक्ताहरुले बोलेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी प्रदेशका सम्योजक कृष्णप्रसाद तिमिल्सिना आथित्यमा अखिल नेपाल होम्योपैथीकका केन्द्रीय कोषाध्यक्ष डा. शंकरराज पौडेल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका गोविन्द पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बक्ताहरुले बोल्ने क्रममा आयुर्वेदको दिगो विकास हुनुपर्नेमा विषेश जोड दिएका थिए । बर्तमान अवस्थालाई केलाएर हेर्दा आयुर्वेद परम्परा चिकित्सा भएतापनि एलोपेथिकलाई बढी मान्यता दिएको देखिनु गलत भएको केहीको मत रहेको थियो ।

यस नेपाल जिल्ला आयुर्वेद औषधि व्यवसायी संघमा चुनिएका पदाधिकारीहरू निम्न अनुसार रहेका छन् :

१. अध्यक्ष : गणेश आचार्य
२. उपाध्यक्ष : पार्वती कंडेल
३. सचिव : अशोक नेपाली
४. कोषाध्यक्ष : दिपक प्रसाद कंडेल
५. सदस्य : पवन न्यौपाने
६. सदस्य : मेनुका अधिकारी
७. सदस्य : मिना सापकोटा
८. सदस्य : श्रीकृष्ण विश्वकर्मा

उक्त कार्यक्रममा ८ जनाको कार्यसमिति गठन भएको छ । यस नेपाल आयुर्वेद औषधि व्यवसायी संघको विकासमा हातेमालो गर्दै यसको विकास नै हाम्रो बिकास हो भविष्यमा आयुर्वेद क्षेत्रमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धतासहित आजको कार्यक्रम सम्पन्न भएको छ ।
तल हिजोको कार्यक्रमको झलक प्रस्तुत गरिएको छ :
नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !