६ बैशाख २०८१, बिहिबार

मन्त्रीको लिस्टवाट विश्वकर्माको नाम अन्तिम समयमा आएर काटिएपछि…


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पोखरेलले कांग्रेसबाट मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र विन्दुकुमार थापा तथा माओवादी केन्द्रबाट रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री नियुक्त गरेका छन् ।

तनहुँका दोबाटे विश्वकर्माको नाम अन्तिम समयमा आएर काटिएको छ भने विन्दुकुमारको थपिएको छ । बिहीबार कांग्रेसको बैठकमा समेत विश्वकर्माको नाम अन्तिम ५ मा राखेर छलफल चलेको स्रोतले बतायो । पार्टीभित्र रामचन्द्र निकट मानिने विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र प्रवक्ता कुमार खड्काले मन्त्री बनाउन चाहेका थिए । शुक्रबार मुख्यमन्त्री सचिवालयले विश्वकर्मालाई मन्त्रीको सपथ लिने जानकारी गरायो ।

उनले बधाई पनि पाए । तर मन्त्रीको सपथ लिन पाएनन् । विन्दुकुमार थापा मन्त्री बनेका छन् । निष्ठाको राजनीतिमा अपराध भएको सांसद विश्वकर्माको प्रतिक्रिया छ । ‘नाम काटियो भन्ने सुनें । यो त पार्टीभित्र अपराध भयो,’ नले भने, ‘४२ वर्षदेखि निष्ठाको राजनीति गरिरहेको छु । अहिले अपमान गरियो । योभन्दा अरु मैले के भन्न सक्छु र ?’

२९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले डेढ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !