१३ बैशाख २०८१, बिहिबार

गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्रसहित ५ जना मन्त्रीले लिए सपथ


गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्रसहित ५ जना मन्त्रीले लिए सपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शपथ लिएका छन् । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

प्रदेश प्रमुख पौडेलले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ खुवाएकी छन् ।

मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र) की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । चारैजना मन्त्री विना विभागीय हुन् ।

मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ ।समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेशसभा सदस्य लगायतको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !