१२ बैशाख २०८१, बुधबार

तनहुँका कोरोना संक्रमितको चितवनमा मृत्यु


पुरानो मेडिकल कलेज

चितवन । तनहुँका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको चितवनमा मृत्यु भएको छ । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारत तनहुँको आबुखैरहनीका ४५ वर्षीय कोरोना संक्रमितको बिहान ४ः४५ बजे मृत्यु भएको हो ।

वैशाख ११ गते निमोनिया भएर अस्पताल भर्ना भएका उनको वैशाख १२ गते कोरोना पोजेटिभ देखिएको थियो । सामान्य उपचारपछि १५ गते घर गएका उनलाई असहज भएपछि पुनः १९ गते राती अस्पताको आईसियूमा भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !