७ बैशाख २०८१, शुक्रबार

उत्कृष्ट फोटो पुरस्कृत


नेपाल पर्यटन बोर्ड

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको खुल्ला फोटो प्रतियोगितामा सहभागी पाँच उत्कृष्ट फोटो पुरस्कृत भएका छन् ।

बोर्डको गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित एक कार्यक्रममा उत्कृष्ट फोटो खिच्ने विजय गौतम, किरण अधिकारी, प्रियजन आलेमगर, सिरिज विसी र प्रेमबहादुर थापालाई रू १० हजारसहित पुरस्कृत गरियो ।

फोटो छनौट समितिका सदस्य एवं फोटो पत्रकार सङ्घ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङले प्रतियोगितामा कूल ४९५ फोटो सहभागी भएकोमा उत्कृष्ट पाँचवटा छनौट गरिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !