४ बैशाख २०८१, मंगलबार

एकै ठाउँमा आएर स्थिरताका पक्षमा जानुपर्छ : मन्त्री चुमान


हरिबहादुर चुमान

तनहुँ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य हरिबहादुर चुमानले समाजवादीउन्मुख कम्युनिष्टको आन्दोलनलाई सार्थकता दिन गल्ती स्वीकार गरी सबै एकै ठाउँमा आएर स्थिरताका पक्षमा जानुपर्ने बताउनुभएको छ ।

तनहुँको दमौलीमा आज नेकपा दाहाल नेपाल समूहले आयोजना गरेको सभालाई सम्बोद्धन गर्दै उहाँले भएका कमीकमजोरीलाई सच्याएर कम्युनिष्ट एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “विघटनको बाटो रोज्ने, गल्ती गर्न उक्सानेले पनि गल्ती भयो भने स्वीकार्न तयार हुनुपर्छ ।

यसो भएको खण्डमा बल्ल हामी ठीक ठाउँमा आउँछौँ”, उहाँले भन्नुभयो, “गल्ती कमजोरी सच्याउने हिम्मतका साथ अघि बढ्ने नै कम्युनिष्ट हुन्छन्, क्रान्तिकारी हुन्छन् । पार्टी गलत बाटोमा गयौँ भनेर जनतासँग माफी माग्न पछि हट्नु हुँदैन ।”

नेकपाका केन्द्रीय सदस्य पिएल श्रेष्ठ र आशा कोइरालाले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्च अदालतले देश र जनतालाई दलदलमा फस्नबाट जोगाएको बताउनुभयो ।
जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सदस्य रेखा बत्स्याल, चित्रबहादुर थापा, शङ्करनारायण श्रेष्ठ, अतेन्द्रकेशरी न्यौपाने र नेकपा व्यास नगरपालिकाका अध्यक्ष श्रीराम कार्कीलगायतले सर्वोच्च अदालतबाट संसद् विघटन बदर हुँदा आमजनताको जीत भएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु