१३ बैशाख २०८१, बिहिबार

सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट हालसम्म ५८८ को मृत्यु


कोरोना मृत्यु

डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि यहाँका सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यहाँका नागरिकले त्यसको वास्ता नगर्दा कोरोना जोखिम बढ्दै गएको निर्देशनालयको आँकलन छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना जोखिम कायमै रहेका कारण यहाँका नागरिकले निकै सचेतना बढाउनुपर्ने प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना जोखिम कायमै छ, त्यसैमा चाडबाडका बेला पनि सुरु हुन थालेकाले जोखिम झनै बढ्न सक्छ, सबैले सावधानी अपनाउनु जरुरी भएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !