गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो Nepalpatra गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो
३ आश्विन २०७८, आइतबार

गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो


सिक्री

कञ्चनपुर । धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना आज यात्रुलाई बुझाइएको छ ।

भीमदत्त नगरपालिका– १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाउनुभएको थियो । छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

बुझाइएका सुनका गहनामा छडके तिलहरी एक थान, सुनका बाला दुई थान, चन्द्रमा एक थान र आँैठी दुई थान रहेका छन् । गहनासँगै रहेको नगद रकम रु एक हजार समेत विकलाई बुझाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा